रौतहटमा ९ थान सालकाे गोलीयासहीत मुखिया पक्राउ

  Sampatti News Online

July 10, 2023

रौतहट २५ असार। रौतहट स्थित सशस्त्र बन सुरक्षा गस्ती टोलीले ९ थान अबैध सालको गोलीया काठ सहित एकजना तस्करलाई पक्राउ गरेको छ।

सेक्टर बन कार्यालय चोंचाका प्रमुख राजेश कुमार साहको कमाण्डमा गएको गस्ती टोलीले ९ थान गोलिया 

काठ सहित गुजरा ७ पल्टुवाका अच्छे लाल मुखियालाई पक्राउ गरेको हो।

राष्ट्रीय बन बाट तस्कर समूहले ठूलो परिमणमा काठ कटानी गरेर ल्याइरहेको सूचनाको आधारमा खटि गएको गस्ती टोलीले पल्टुवा गाउँ भन्दा दक्षिण नगरमा गएराती १० बजे ९ थान काठ,९ थान साईकल सहित तस्कर मुखिया लाई नियन्त्रणमा लिएको थियो। मुखिया संगै गएका अन्य ८ जना तस्कर भने गस्ती टोली लाई हेरर साईकल सहित काठ छोडेर भाग्न सफल भएको सेक्टर प्रमूख साहले बताएका छन।

बरामद काठ साईकल सहित पक्राउ परेका तस्कर अच्छे लाल मुखिया सेक्टर वन कार्यालय चोंचाको नियन्त्रणमा रहेको तथा फरार तस्करको खोजि भइरहेको डिवीजन बन कार्यालय रौतहटका प्रमूख सुनिल कुमार कर्णले बताएका छन।

तस्करहरु बाट बरामद सवा ४२ क्युबीफिट सालको गुलिया काठको बजार मुल्य १ लाख ५० हजार भन्दा बढी पर्ने अनुमान गरिएको छ।

वर्षायाम सुरु भएसँगै रौतहटमा काठ तस्करहरु राती राती राष्ट्रीय तथा सामुदायीक बन बाट चोरीलुकी साईकलमा राखेर सालको काठ ढुवानी गर्ने गर्दछन्।

सञ्जय मिश्रा

प्रकाशित मिति:July 10, 2023