‘प्रतिवेदनमा त्यस्तो दीर्घकालिन प्रभाव पार्ने र पार्टी हाँक्ने कुनै विषय भेटिन’ आरजु राणा

  Sampatti News

July 21, 2023

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले महामन्त्री गगनकुमार थापाको प्रतिवेदनलाई एनजीओको कार्यपत्र जस्तो भनेकी छिन् । सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार बोल्ने क्रममा राणाले महामन्त्री थापाले मंगलबार केन्द्रीय कार्यसमितिमा पेश गरेको प्रतिवेदन कुनै एनजीओ आइएनजीओको प्रतिपद्धता पत्र वा कार्यपत्र जस्तै रहेको टिपणी गरेकी हुन् । कांग्रेस देशको एजेण्ड सेट गर्ने पार्टी हो। कांग्रेसले देशको राजनीति कस्तो हुने ? अर्थतन्त्र कस्तो हुनेदेखि समाज कस्तो हुने जस्ता कुराहरु देखाउनु पर्छ । तर महामन्त्रीले पेश गरेको प्रतिवेदन हेरेर म अचम्मित भए’, उनले भनिन्, ‘प्रतिवेदनमा त्यस्तो दीर्घकालिन प्रभाव पार्ने र पार्टी हाँक्ने कुनै विषय भेटिन । यो त एनजीओको कार्यपत्र जस्तो भयो, धेरै कुरा भन्ने तर काम केही नहुने। कार्यक्रमको उपलब्धि के हो ? कार्यक्रम थोरै राखौँ तर त्यसलाई पूरा गरौँ ।’ आरजुले पार्टीका नेताहरु मन्त्री तँछाडमछाड गर्ने तर मन्त्रालयको काम कसरी हुन्छ भन्ने नबुझ्ने रहेको पनि बताइन् ।

प्रकाशित मिति:July 21, 2023