कांग्रेस केन्द्रीय समिति बैठक जारी, सदस्यहरुले धारणा राख्दै

  Sampatti News

July 21, 2023

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज (शुक्रबार) पनि सदस्यहरुले आ(आफ्ना धारणा राख्ने क्रम जारी छ ।

सानेपास्थित पार्टी मुख्यालयमा जारी बैठकमा सदस्यहरुले आआफ्ना कुरा राखिरहेका छन् । केन्द्रीय समितिको बैठकमा सदस्यहरुले हिजो (बिहीबार) पनि आफ्ना सुझाव राखेका थिए । प्रत्यक्ष प्रशारण हुँदै आएको बैठकमा सदस्यहरुले पदाधिकारीमाथि नै प्रश्न उठाउँदै आएका छन् ।

साउन २ गतेदेखि जारी बैठकमा ८१ केन्द्रीय सदस्यले धारणा गरेका छन् । १५६ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएपछि पदाधिकारीले धारणा राख्नेछन् ।

प्रकाशित मिति:July 21, 2023