डोटीमा १ अरब भन्दा बढी रकम फ्रिज

  Sampatti News

July 21, 2023

डोटी । डोटी जिल्लामा आर्थिक बर्ष ०७९।०८० मा १अरब ३ करोड ५७ लाख ६९ हजार ७ सय ४१ रकम फ्रिज गएको छ । जिल्लाको चालु र पुजिगत गरि जम्मा १० अरब २ करोड ५ लाख ९९ हजार २ सय २ रकम मध्य ९ अरब ९८ करोड ४८ लाख २९ हजार ४ सय ६० रकम खर्च हुन गई १ अरब ३ करोड ५७ लाख ६९ हजार ७ सय ४१ रुपयाँ खर्च हुन नसकी फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कृष्ण बहादुर धामीले बताए । कुल रकममा चालु भन्दा पुजिगत रकम कम खर्च भएको देखिएको छ । चालु तर्फ कुल ७ अरब ९ करोड ९७ लाख ६३ हजार २ सय २ रकम मध्य ६ अरब ७० करोड ४७ लाख ६३ हजार ७ सय ९० रकम खर्च भएको छ भने पुजिगत तर्फ कुल २ अरब ९२ करोड ८ लाख ३६ हजार रकम मध्य २ अरब २८ करोड ६५ हजार ६ सय ७० रकम मात्र खर्च हुन सकेको समेत कार्यालयले जनाएको छ । प्रतिशतमा हेर्दा चालु तर्फ ९४.४४ प्रतिशत र पुजिगत तर्फ हेर्दा ८९.६६ प्रतिशत खर्च भएको देखिन्छ ।

सायल गाउँपालिकाको सबै भन्दा बढी रकम फ्रिज

नौ वटा स्थानीय तह रहेको डोटीमा सायल गाउँपालिकाकाको सबैभन्दा बढी रकम फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कृष्ण बहादुर धामीले बताए।

आर्थिक वर्ष ०७९।०८० मा सायल गाउँपालिकामा चालु र पुँजीगतमा भएको निकासा मध्य ४ करोड ९ लाख ४१ हजार रकम खर्च हुन नसकी फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय डोटीले जनाएको छ । त्यस्तै खर्च हुन नसक्ने दोस्रो पालिकाको रुपमा बोगटान फुड्सिल गाउँपालिका रहेको छ । बोगटान फुड्सिल गाउँपालिकाको चालु र पुजिगत गरी कुल बजेटको ३ करोड ९० लाख १५ हजार ३ सय ९१ रुपयाँ खर्च हुन नसकी फ्रिज गएको देखिन्छ ।

त्यस्तै क्रमश पुर्विचौकी गाउँपालिकाको ३ करोड ४१ लाख ४३ हजार १ सय ८८ रुपयाँ खर्च हुन नसकी फ्रिज गएको छ । त्यस्तै शिखर नगरपालिकाको पनि ३ करोड ८ लाख ६१ हजार३ सय ७१ रकम खर्च हुन नसकी फ्रिज गएको कार्यालयले जनाएको छ । डोटीको जोरायल गाउँपालिकाको निकासा भएको कुल बजेट मध्य २ करोड ७५ लाख ५८ हजार ६ सय १९ रकम खर्च हुन नसकी फ्रिज गएको छ भने आदर्श गाउँपालिकाको निकासा भएको कुल बजेट मध्य २ करोड ४७ लाख ५ सय ६५ रुपयाँ खर्च हुन नसकी फ्रिज गएको कार्यालयले जनाएको छ । जिल्ला सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकाले पनि २ करोड २० लाख १४ हजार ७ सय ३७ रुपयाँ खर्च गर्न नसकी फ्रिज गएको छ । भने बडीकेदार गाउँपालिको निकासा भएको कुल बजेटको २ करोड ९ लाख १८ हजार १ सय ४ रुपयाँ खर्च गर्न नसकेर फ्रिज देखिन्छ । ९ वटा स्थानीय तह रहेको डोटीमा सबैभन्दा कम के आई सिंह गाउँपालिकाको रकम फ्रिज गएको छ । चालु र पुजिगत गरि कुल बजेटको १ करोड ८० लाख ६२ हजार ७९ रकम खर्च गर्न नसकी फ्रिज गएको कार्यालयले जनाएको छ । स्थानीय तहमा संघीय सरकारको चालु शसर्त अनुदान, पुजिगत शसर्त अनुदान, पुँजीगत विशेष अनुदान, समपुरक अनुदान र प्रदेश सरकारको चालु विशेष अनुदान, चालु समपुरक अनुदान भन्दा बाहेकको अन्य शिर्षकको रकम यसमा समाबेश गरिएको छैन् । अन्य संघीय सरकारको समानीकरण, प्रदेश सरकारको समानीकरण, राजस्व बाँडफाडँ, आन्तरीक श्रोत शिर्षकको रकम समेत खर्च हुन नसकेको फ्रिज गएको देखिन्छ ।

प्रकाशित मिति:July 21, 2023