थप ११ वटा ब्रोकर कम्पनीले पाए लाइसेन्स

  Sampatti News

July 21, 2023

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डको बिहीबार बसेको बैठकले ११ ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । बोर्डले आशयपत्र दिएर कारोबार गर्ने सम्बन्धी पूर्वाधार तयार पारेका उक्त कम्पनीलाई लाईसेन्स दिएको हो । यो भन्दा पहिले बोर्डले नयाँ ७ वटा ब्रोकरलाई लाइसेन्स दिएको थियो । पहिलो चरणमा लाईसेन्स पाएका हिमालयन ब्रोकरेज कम्पनी, क्यापिटल म्यास सेक्युरिटिज, भोले गणेश सेक्युरिटीज, सन सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, मियो सेक्युरिटिज र प्रोपर्टी विर्जाड रहेका थिए । ति ब्रोकर कम्पनीहरुले औपचारिक रुपमा शेयर कारोबार सुरु गरिसकेका छन् । अहिले फेरि ११ वटा कम्पनीले लाइसेन्स पाएका छन् । लाइसेन्स पाउनेमा मिल्की वे शेयर ब्रोकर कम्पनी, क्यापिटल हव प्रलि, आकाश भैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट, एस्र्पीसए सेक्युरिटिज, सानिमा सेक्युरिटिज, एनएमबी सेक्युरीटिज, स्टक्स कार्टस सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज,ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन् ।

प्रकाशित मिति:July 21, 2023