देश र जनताका लागि काम गर्न छोडेर पद फेर्दैमा रुपान्तरण नहुने ः विमलेन्द्र निधि

  Sampatti News

July 23, 2023

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले अनुहार, नाम र पद फेर्दैमा रुपान्तरणलाई लक्ष्यमा पुर्याउन नसकिने बताएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य निधिले अब कांग्रेस एक्लैले आगामी निर्वाचनमा कसरी बहुमत ल्याउन सक्छ भन्ने बहस थाल्नु पर्ने बताए ।

उनले भने ‘अनुहार फेर्नु नाम फेर्नु पद फेर्नुले मात्र रुपान्तरणलाई लक्ष्यमा पु¥याउदैन् । दृष्टिकोणमा परिवर्तन गर्नु पर्छ । हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली ल्याएका छौं । तीन तहको संरचना प्रयोगमा थालेका छौं । तीनै तहको बारेमा गर्नु पर्ने कामहरु धेरै बाँकी छ । ५ वर्ष पछि रुपान्तरणको लागि गठबन्धनको प्रयोग गरेर एकले अर्कोले, नेपाली कांग्रेसले बहुमत कसरी ल्याउन सक्छ तीनै तहको लागि चुनावको तयारी गरौं । आज व्यक्ति र नाम परिवर्तन भन्दा पनि दृष्टिकोणको परिवर्तन गर्न आवश्यक छ । ’

देश र जनताको लागि काम गर्ने भनेको सरकारको मात्र जिम्मेवारीमा छोडदिने हो भने राजनीतिको समाजीकरण नहुने उनको भनाइ छ ।

केही महत्वपूर्ण र आधारभूत कामहरु सरकार र राज्यले गर्नु पर्छ भने बाँकी कामहरु समाजले पनि गर्नु पर्ने निधिको भनाई थियो ।

प्रकाशित मिति:July 23, 2023