काँग्रेस सरकारमा भएको अनुभूति भएन ः डा. शेखर कोइराला

  Sampatti News

July 23, 2023

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. सेखर कोइरालाले आम मानिसले कांग्रेस सरकारमा भएको अनुभूति नगरेको टिप्पणी गरेका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै डा. कोइरालाले कांग्रेस स्थानीय तह, प्रदेसदेखि केन्द्रसम्म सरकारमा भएपनि आम मानिसले कांग्रेस सरकारमा भएको अनुभूति नगरेको बताए । महंगी बढेको र आम मानिसको दैनिकी कठिन बन्दै गएको भन्दै कोइरालाले ध्यानाकर्षण गराएका थिए ।

कोइरालाले केन्दीय समितिको बैठक सधै लाइभ हुन नसक्ने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । कोइरालाले हालै गठबन्धनमा रहेका दलहरुले समाजवादी मोर्चा कसका लागि बनाएको हो भन्दै प्रश्न गरेका थिए । उनले यस केन्द्रीय समितिको बैठकले आउदा निर्वाचनमा कांग्रेस एक्लै लड्ने बाचा गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति:July 23, 2023