लघुवित्तीय संस्था खारेजीको माग गर्दै काठमाडौँमा प्रदर्शन

  Sampatti News

July 23, 2023

काठमाडौँ । काठमाडौँमा लघुवित्तीय संस्थाविरुद्ध प्रदर्शन भएको छ । आइतबार लघुवित्तीय संस्थाविरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखेर काठमाडौँमा प्रदर्शन गरेका हुन् । उनीहरूले माइतीघर मण्डलबाट जुलुस निकालेर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकालीसम्म पुगेका थिए । भद्रकाली पुगेर उनीहरूले कोणसभा समेत गरेका छन्। उनीहरूले वित्तीय दलाललाई कारबाही गर, लघुवित्त संस्था खारेज गर, कपाली कागज र बाउन्स चेक खारेज गर जस्ता नारा लेखिएका कागज बोकेका थिए। लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानहरूलाई ऋण निस्शुल्क प्रदान गर्नुपर्ने लगायत माग राखेका छन् ।

प्रकाशित मिति:July 23, 2023