नक्कली प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध मुद्दा दायर

Nepal Cover
१५ श्रावण २०८०, सोमबार
image

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैनिकजसो घुस लिंदालिंदै सेवाग्राही कार्यालयका कर्मचारीलाई पक्राउ गर्दैआएको छ ।

सामाजिक परिचालक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरेको आरोपमा रुपन्देहीको कोटरीमाई गाउँपालिका वडा नं. १ मा कार्यरत गौंस मोहम्मद तेलीविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

तेलीले उक्त पदको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको रूपमा माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट हाईस्कुल उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरी सामाजिक परिचालक पदमा राष्ट्रसेवक कर्मचारीको रूपमा करार नियुक्ति भई सरकारी लाभ तथा सुविधा लिएको अख्तियारको ठहर छ । 

सोही आरोपमा तेलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय माग दाबी लिई मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहाले बताए ।