सामाजिक सुरक्षा कोषमा कानुन बमोजिम ऋक्त पदमा आवेदकले भर्न सकिने

Nepal Cover
१६ श्रावण २०८०, मंगलवार
image

काठमाडौं। सामाजिक सुरक्षा कोषले कार्यकारी निर्देशक नियुक्तिका लागि विज्ञापन निकालेको छ। खुल्ला प्रतिस्पर्धाद्वारा नियुक्तिका लागि कोषले मंगलबार विज्ञापन खुलाएको छ। अर्थशास्त्र, व्यवस्थापन, श्रम, वाणिज्यशास्त्र वा कानुनमा स्‍नातकोत्तर गरी सरकारी वा गैह्र सरकारी संघसंस्था वा कानुन बमोजिम स्थापना भएको कम्पनी वा संगठित संस्थामा अधिकृतस्तरको पदमा कम्तीमा १५ वर्ष काम गरेका नेपाली नागरिकले उक्त पदमा आवेदन दिन पाउनेछन् ।
आवेदनसँगै व्यावसायिक कार्ययोजनासमेत पेस गर्नुपर्नेछ। आवेदन बुझाउन २१ दिनको समय दिइएको छ। ५५ वर्ष उमेर नाघेकाहरुले भने आवेदन दिन पाउने छैनन् । कोषको कार्यकारी निर्देशकमा नियुक्ति पाउनेले कोषको सेवा सर्तसम्बन्धी विनियमावली,२०७६ तथा कार्य सम्पादन सम्झौतामा उल्लेख भए बमोजिमका सर्तका आधारमा मासिक पारिश्रमिक तथा सुविधा पाउनेछ।