आईएमई लाइफ इन्स्योरेन्सको सेयर पनी नेप्सेमा सूचीकृत

  Sampatti News

August 3, 2023

काठमाडौँ । १८ साउन बिहीबार नेप्से र आईएमई लाइफ इन्स्योरेन्स बीच सेयर सूचीकृत सम्झौता भएको हो ।

कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु हुने भएको छ । नेप्सेले कम्पनीका सेयरलाई पहिलो कारोबारका लागि १७६ रुपैयाँ ५३ पैसादेखि ५२९ रुपैयाँ ५९ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ ।

पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको नेवटर्थदेखि नेटवर्थको ३ गुणासम्म नेप्सेले ओपनिङ रेञ्ज तोक्ने गर्छ । नेप्सेको स्पेसल प्रीओपन सेसनमा कम्पनीको सेयर उक्त रेञ्जको जुनसुकै मूल्यबाट कारोबार सुरु हुनसक्छ ।

स्पेसल प्री–ओपन सेसनमा कारोबार नभएमा दोस्रो बजारमा कारोबार सुरु गर्न पुनः अर्को कारोबार दिन पर्खनुपर्छ ।

कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा १३६ रुपैयाँ प्रिमियम सहित २३६ रुपैयाँमा प्रतिकित्तामा आइपिओ निष्कासन गरेको थियो । कम्पनीको कुल ४ अर्ब रुपैयाँ बराबरको १०० रुपैयाँ अङ्कित मूल्यका ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमध्ये १ करोड २० लाख कित्ता साधारण सेयर र २ करोड ८० लाख कित्ता संस्थापक सेयर रहेको छ ।

प्रकाशित मिति:August 3, 2023