शेयर बजारमा सामान्य अंकको सुधार

  Sampatti News Online

August 3, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ३ अंकले बढेर दुई हजार ८९ दशमलब ८४ विन्दुमा बन्द भएको हो ।    

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.८१ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५२ प्रतिशत घटेको छ।

   त्यस्तै, आज नेप्सेमा सामान्य अंकको सुधार भएपनि कारोबार रकममा भने सुधार हुन सकेन । आज एक अर्ब ७८ करोड १९ लाख बराबरको कारोबार भएको छ । बुधबार एक अर्ब ८१ करोड २४ लाख बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका ७६ कम्पनीको शेयरमूल्य बढेको छ भने १३० कम्पनीकोे शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र एनआइबिएल ग्रोथ फण्डको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।  

आज सबैभन्दा बढी प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ५.१९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ९ करोड २३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:August 3, 2023