सहकारी पीडित माथि प्रहरी दमन

  Sampatti News Online

August 3, 2023

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा बिहिबार सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् । सडक नै बन्द हुने गरी उनीहरुले प्रदर्शन गरेका हुन् । 
सडक बन्द गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सोहि क्रममा दुईपक्षबिच विवाद हुँदा केहि प्रदर्शनकारीहरु घाइते समेत भएका छन् । घाइतेहरुको सडकमै उपचार समेत गरिएको छ । आफहरु घाइते भएपनि प्रदर्शन नरोक्ने अडानमा उनीहरु रहेका छन् । घाइतेहरुले अस्पताल समेत जान नमानेपछि उनीहरुको सडकमै उपचार गरिएको हो । 

प्रकाशित मिति:August 3, 2023