थप १ सय १ जनामा कोरोना पुष्टि

  Sampatti News

July 17, 2020

काठमाडौँ । अद्यावधिक जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार थप १ सय १ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ८५ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको छ। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ६६ प्रतिशत माथि पुगेको छ।

प्रकाशित मिति:July 17, 2020