गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

  Sampatti News Online

August 7, 2023

काठमाडौँ। ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका ४ पूर्व मन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

आइतबार नै सर्वोच्च अदालतले ललिता निवास प्रकरण मुख्य निर्णयकर्ता समेतलाई अनुसन्धानको दायरामा ल्याउन सरकारलाई आदेश दिएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व उपप्रधानमन्त्री विजय गच्छदार विरुद्ध पक्राउ पुर्जीजारी भएको छ। काठमाडौं जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको सिआइबी स्रोतले जनाएको छ।

‘चार पूर्वमन्त्री र केही कर्मचारीलाई आइतबार नै पक्राउ अनुमति लिएको छ’, सिआइबी स्रोतले भन्यो। पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी भएको छ।

त्यसैगरी पूर्व मूख्यसचिव लिलामणी पौडेल विरुद्ध पनि पक्राउ अनुमित जारी भएको स्रोतले जनाएको छ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप लागेपछि सिआइबीले पक्राउ अनुमति लिएको हो। माधव नेपाल प्रधानमन्त्री हुँदा माधव घिमिरे मूख्यसचिव रहेको तर हाल उनको मृत्यु भैसकेको हकमा भने केही भएको छैन।

प्रकाशित मिति:August 7, 2023