राष्ट्र बैंकले गर्यो ३ वाणिज्य बैंकलाई कारवाही

  Sampatti News Online

August 7, 2023

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा कर्जा निक्षेप अनुपात नपुर्याएको र पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको भन्दै ३ बेंकलाई कारवाही गरेको छ।

केन्द्रिय बैंकले प्राइम कमर्शियल बैंकलाई पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भारित सम्पति गणना गर्दा वास्तविकभन्दा कम गरेकोले प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।

यस्तै कुमारी बैंक र हिमालयन बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै जरीवाना गराएको छ। कुमारी बैंकले ५९ लाख रुपैयाँ जरीवाना तिरेको छ भने हिमालयन बैंकले १ करोड ३९ लाख रुपैयाँ जरीवाना तिरेको छ।

प्रकाशित मिति:August 7, 2023