नेप्सेमा ३.२१ अंकको गिरावट

  Sampatti News Online

August 7, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रोे दिन आज सोमबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ३.२१ अंकले घटेर दुई हजार ४८ दशमलब २६ विन्दुमा बन्द भएको हो ।        

नप्से सँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। आज दुई अर्ब ३३ करोड ७५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ११६ कम्पनीको शेयरमूल्य बढेको छ भने १०० कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

यस दिन १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेपनि नेप्से परिसूचक घटेको छ। यस दिन घट्ने उपसमूहहरुमा बैंकिङ्ग, जलविद्युत, लगानी र अन्य उपसमूह रहेका छन्। अन्य उपसमूहहरुको परिसूचक सामान्य बढ्नु र यी उपसमूहको परिसूचक घटेका कारण यस दिन नेप्से परिसूचक घट्न पुगेको हो। यस दिन विकास बैंक, वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन्। वाणिज्य बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.९४ प्रतिशत घटेको छ।

यस दिन नेपाल रिपब्लिक मिडियाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य ९.७४ प्रतिशत बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्इ ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ६.४५ प्रतिशत घटेको छ। मूल्य घटेका अन्य स्टकको गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल रिपब्लिक मिडियाको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको साढे ७ करोडको शेयर कारोबार भएको छ।

प्रकाशित मिति:August 7, 2023