भक्तपुर । जिल्ला समिति भक्तपुरले आज भव्य खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। ४२ औँ पुष्पला स्मृति दिवसको उपलक्ष्यमा पुष्पलालको सम्झना गर्दै समितिले रक्तदान कार्यक्रम गरेको हो।
कोभिड १९ कोरोना भाइरसको महामारीमा र बाढी पहिरोमा देखिएको रगतको अभाबलाई मध्यनजर गर्दै पुष्पलाल स्मृति प्रतिष्ठान भक्तपुरले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको समितिका अध्यक्ष धुब्रराज बिष्टले बताउनुभयो ।

रक्त दान कार्यक्रममा ७१ जना रक्तदाताले रक्तदान गरेका हुन् । समितिका सदस्य दिपक थापाले हाल देखिएको रगतका अभावलाई कसरी सहज तवरले आपुर्ती गर्न सकिन्छ भन्ने उदेश्का साथ आज ४२ औं पुष्पला स्मृति दिवसको अवरस पारेर खुल्ला रक्तदान गरिएको बताए । कार्यक्रम व्यवस्थित र सुरक्षित भएको कारण लकडाउनको समयमा पनि युवाहरुको सहभागितका उत्साहजनक रहेको थापाले बताए।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका युवा नेता एवं केन्द्रिय सदस्य ठाकुर गैरेले पुष्पलाको राजनीतिक योगदानका बारे चर्चा गर्नुका साथै रक्तदान कार्यक्रम समय परिस्थित अनुकुल रहेको बताए।

सिमसिमे पानी परिरहेको भएपनी आम मानिसहरुले परिरहेको पानीको प्रबाह नगरी उपस्थिति जनारहेका थिए। बिगत बर्षहरुभन्दा यसपटक सहभागीहरूको संख्या ठूलै सहभागिता रहेको कारण रक्तदान कार्यक्रममा उत्साह थपिएको कार्यक्रममा बिगत वर्षहरुमा सहभागिता जनाउनेहरुको प्रतिक्रिया सुन्न सकिन्थ्यो।