सर्वसाधारणको लागि रिलायबल लाइफको आईपीओ बिक्री खुल्ला

  Sampatti News Online

August 8, 2023

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधरणको लागि आज मंगलबार (साउन २३ गते)देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले कुल जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य सहित २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता शेयर निष्काशमा ल्याएको हो ।

त्यसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरी बाँटफाँट गरिसकेको छ । यस्तै ५ प्रतिशत अर्थात ६ लाख कित्ता सामूहिक लागनी कोषहरुलाई र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी रहेका ९६ लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति:August 8, 2023