सर्वसाधारणको लागि रिलायबल लाइफको आईपीओ बिक्री खुल्ला

Nepal Cover
२३ श्रावण २०८०, मंगलवार
image

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधरणको लागि आज मंगलबार (साउन २३ गते)देखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले कुल जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य सहित २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता शेयर निष्काशमा ल्याएको हो ।

त्यसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई वितरण गरी बाँटफाँट गरिसकेको छ । यस्तै ५ प्रतिशत अर्थात ६ लाख कित्ता सामूहिक लागनी कोषहरुलाई र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी रहेका ९६ लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।