नेप्सेको आरोलो यात्रा कायमै

  Sampatti News Online

August 8, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार पनि घटेर बन्द भएको छ । आज नेप्से २८.४० अंकले घटेर दुई हजार १९ दशमलब ८५ विन्दुमा बन्द भएको हो ।        

त्यस्तै, आज एक अर्ब ७३ करोड ७० लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका २२ कम्पनीको शेयरमूल्य बढेको छ भने १९८ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.७० अंक घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । स्वरोजगार लघुवित्त विकास बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७५९ रुपैयाँ पुगेको छ भने नेपाल रिपब्लिक कम्पनी लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३३३.१० रुपैयाँ पुगेको छ ।   

आज ग्लोबल आईएमई डिभेञ्चारका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमइ लाइफ इन्स्यारेन्स कम्पनीकोे भएको छ । यस कम्पनीको आज १७ करोड ८९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।       

प्रकाशित मिति:August 8, 2023