सहारा सहकारी संस्थाले ३ करोड ४५ लाख ब्याज मिनाह गर्यो

Nepal Cover
३ श्रावण २०७७, शनिबार
image

झापा । झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु तीन करोड ४५ लाख ब्याज मिनाह गरेको छ।

संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ साउन सम्मको चार महिनाको अवधिको ऋणको ब्याजमा १० प्रतिशत अर्थात् रु ३ करोड ४५ लाख मिनाह गरेको संस्थाका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो। “यो अवधिमा ऋण कुनैमा पनि हर्जना, जरिवाना लिएका छैनौँ”, उहाँले भन्नुभयो, “ऋणको किस्तासमेत स्वेच्छिक तिर्न सक्ने व्यवस्था गरिएको छ।”
संस्थाले बन्दाबन्दीको अवधिमा सदस्य तथा समुदायलाई थोरै भए पनि मद्दत पुगोस् भनेर स्वास्थ्य चेतना, खाद्यान्न सामग्री राहत, विपत् सापटी र आत्मनिर्भरताका लागि कृषि प्याकेज उपलब्ध गराएको जनाइएको छ।