बैंकबाट ऋण दिएर अपार्टमेन्ट र कोलोनीका घर बनाउनेलाई विशेष राहत

  Sampatti News Online

July 18, 2020

काठमाडौं । सरकारले बैंकबाट ऋण लिएर घर बनाउनेहरुलाई केही राहत दिने भएको छ। शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै धितोमा ऋण पाउने सीमा बढाएको बताउँनु भएको हो।

मौद्रिक नीति निर्माणधिन आवका आयोजनाका लागि र व्यक्तिलाई पहिलो घर निर्माणका लागि प्रवाह गरिने निजी आवासीय आवास कर्जाको हकमा कर्जा सुरक्षण मूल्य अनुपातको सीमा बढाएर ६० प्रतिशत पुर्याइएको छ। यो सीमा यसअघि ५० प्रतिशत थियो।

‘शहरी विकास र व्यवस्थित बसोबास प्रोत्साहित गर्ने उद्देश्यले अनुमति प्राप्त घर—जग्गा व्यवसायीबाट सञ्चालन गरिने नेपाल सरकारबाट स्वीकृति प्राप्त निर्माणाधीन आवास आयोजना र व्यक्तिलाई पहिलो घर निर्माणका निजी आवासीय कर्जाको सुरक्षणमूल्य अनुपात ६० प्रतिशत कायम गरिएको छ,’ नीतिमा भनिएको छ।
तर घर जग्गा तथा रियल स्टेट क्षेत्रमा प्रवाह हुने कर्जाको सम्बन्धमा कर्जा सुरक्षणमूल्य अनुपात काठमाडौं उपत्यकाभित्रका लागि ४० प्रतिशत र अन्य स्थानको हकमा ५० प्रतिशत कायम गर्नुपर्ने विद्यमान व्यवस्थालाई यथावत्कायम गरिएको छ ।

प्रकाशित मिति:July 18, 2020