काठमाडौं । बिहीबार नेप्से परिसूचक ५.१३ अंक बढेर २०६६.०५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८८ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २६९ स्टकको ५७ हजार ७८९ पटकको कारोबारमा २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको ५५ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ९.०९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य यस दिन साढे ७ प्रतिशत बढेको छ भने श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.५३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको यस दिन १६ करोड ९५ लाख ८२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन अप्पर तामाकोशीको यस दिन ११ करोड २५ लाख ५१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कम्पनीको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक यस दिन घटेको छ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको ४९ लाख २५ हजार कित्ता र अप्पर स्याङ्गे हाइड्रोपावरको २२ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । अब यी दुवै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवार देखि कारोबारमा आउनेछ ।
अप्पर स्याङ्गे हाइड्रोपावरको नेप्सेले पहिलो कारोबारको लागि रू. ८४ दशलमव ५४ देखि २५३ दशमलव ६२ ओपन रेञ्ज प्रदान गरेको छ । यही रेञ्जका आधारमा कम्पनीको शेयर धितोत्रको दोस्रो बजारमा आइतवार देखि कारोबारमा आउनेछ । कम्पनीले सर्वसाधारण लगानीकर्ता, वैदेशिक रोजगारीमा गएका नेपाली,सामूहिक लगानी कोष,स्थानिय र कर्मचारीहरुको लागि निष्कासन गरेको कुल ८ लाख ७० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको १३ लाख ३० हजार गरेर कुल २२ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
यस कम्पनीको स्टक सिम्बोल यूएसएचएल रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने सेवा सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट हुने जानकारी दिएको छ ।
त्यस्तै नेप्सेले थ्रिस्टार हाइड्रोपावरको पहिलो कारोबारको लागि रू. ८५ दशलमव ६५ देखि २५६ दशमलव ९५ ओपन रेञ्ज प्रदान गरेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर आइतवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता, वैदेशिक रोजगारीमा गएका नेपाली,सामूहिक लगानी कोष,स्थानिय र कर्मचारीहरुको लागि निष्कासन गरेको कुल १२ लाख ३१ हजार २५० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ३६ लाख ९३ हजार ७५० कित्ता गरेर कुल ४९ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । यस कम्पनीको स्टक सिम्बोल टिएसएचएल रहेको छ । साथै कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने सेवा हिमालयन क्यापिटल लिमिटेड ठमेल काठमाडौंबाट हुने जानकारी दिएको छ ।