शनिवार थप ५७ जनामा कोरोना संक्रमण

  Sampatti News

July 18, 2020

काठमाडौं । शनिवार थप ५७ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ।

३ हजार ३ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि भएको हो।

हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २५ जना छन्। जम्मा संक्रमितको संख्या १७ हजार ५ सय २ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनले हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या २३ हजार २ सय ७५ र आइसोलेसनमा रहेकाहरुको संख्या ५ हजार ८ सय ४५ रहेको बताए।

प्रकाशित मिति:July 18, 2020