आईतबार थप १ सय ५६ जनामा कोरोना संक्रमण

Nepal Cover
४ श्रावण २०७७, आईतवार
image

काठमाडौँ । अद्यावधिक विवरणअनुसार नेपालमा थप १ सय ५६ जनामा कोरोनाभाइरस (कोभिड—१९) पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो।

संक्रमितमध्ये ११ हजार ६ सय ९५ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ५८ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए। त्यस्तै उनले आजको मितिमा मुलुकमा कोभिड— १९ का सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय २३ रहेको बताए।