आइतबार ३ सयले बढ्यो सुनको मूल्य

  Sampatti News

July 19, 2020

काठमाडौँ । आइतबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।

आइतबार नेपाली बजारमा छापावाल सुनको प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आइतबारका लागि तेजावी सुनको मूल्य ९२ हजार ६५ रुपैयाँ तोकिएको हो ।

शुक्रबार तेजावी सुन ९१ हजार ७ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

चाँदीको मूल्य समेत १० रुपैयाँ प्रतितोला वृद्धि भएको छ ।

शुक्रबार ९ सय ९५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आइतबार १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति:July 19, 2020