उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण

Nepal Cover
४ श्रावण २०७७, आईतवार
image

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा आइतबार थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

काठमाडौंका १ जना र ललितपुरका २ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।