नेप्से २१.३१ अंकले घट्यो

Nepal Cover
३१ श्रावण २०८०, बुधबार
image

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २०.३१ अंकले घटेर दुई हजार २५ दशमलब १२ विन्दुमा बन्द भएको हो ।

बैंकहरुले ब्याजदर बढाउने हल्लापछि शेयर बजारमा बिक्री चाप बढेको छ। पछिल्लो समय केहि घटेको ब्याजदर पुनः बढ्ने डरले शेयर बजार झनै प्यानिक भएको हाे।

         त्यस्तै, आज एक अर्ब ६७ करोड ९९ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १८५ कम्पनीको शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

आज माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८.०६ प्रतिशतले घटेको छ ।

बुधबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ८ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएका छ भने शिवम् सिमेन्टको ७ कराेड १४ लाख र आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।