नेप्सेमा सामान्य सुधार

  Sampatti News Online

August 17, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ८.०१ अंकले बढेर दुई हजार ३३ दशमलब १३ विन्दुमा बन्द भएको हो ।           

त्यस्तै, आज एक अर्ब ५४ करोड १३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १३५ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीकोे शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५३ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन २ प्रतिशत बढेको छ। अन्य उपसमूहका परिसूचकको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन ०.२३ प्रतिशत घटेको छ।

नेप्सेका अनुसार आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यसको शेयरमूल्य आज १० प्रतिशतले बढेर बन्द भएको छ । यसका साथै आज लिवर्टी इनर्जी कम्पनी लिमिटेडको शेयरमूल्य पनि ९.७४ प्रतिशतले बढेको छ ।   

आज लक्ष्मी इकयुटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७.४३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन साढे १३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन आइएमई लाइफ इन्स्योरेन्सको करिब ८ करोडको शेयर खरिदबिक्री भएको छ भने घोराही सिमेन्टको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

प्रकाशित मिति:August 17, 2023