यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  Sampatti News Online

August 18, 2023

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ७४ पैसा र बिक्री दर १३३ रूपैयाँ ३४ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ५० पैसा र बिक्री दर १४५ रूपैयाँ १५ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ३१ पैसा र बिक्री दर १७० रूपैयाँ ०८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४१ पैसा र बिक्री दर ३६ रूपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

प्रकाशित मिति:August 18, 2023