उपसचिवमा बढुवा नियुक्तिका लागि ४ जनाको नाम सिफारिस

  Sampatti News Online

August 18, 2023

काठमाडौं । लोकसेवा आयोगले रा प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका लागि चार जना उम्मेदवार सिफारिश गरेको छ । आयोगले नेपाल परराष्ट्र सेवाका लागि लिइएको खुल्लाबाट १ जना र आन्तरिक प्रतिष्प्रर्धाबाट ३ जना गरी चार जना उमेद्धारलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

आन्तरिक प्रतिष्प्रर्धाका लागि लिखित परीक्षामा छनौंट भएका ५ जनामध्ये इन बाष्केट एक्जाम र लिखित परीक्षाको समेत प्राप्तांकको आधारमा क्रमश जीमसन रुम्दाली राई,विपिन दुवाडी र कृष्णप्रसाद चापागाई र खुला प्रतिष्प्रर्धाबाट लिखित परीक्षामा सहभागी ६ जनामध्येबाट अरुणा घिसिगलाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको लोकसेवा आयोगले जनाएको छ ।

प्रकाशित मिति:August 18, 2023