पछिल्लो २४ घण्टामा थप १ सय ५० जनामा कोरोना संक्रमण, ६ सय ९ डिस्चार्ज

  Sampatti News

July 21, 2020

काठमाडौँ । अद्यावधिक विवरणअनुसार मंगलबार थप १ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

त्यस्तै मंगलबार ६ सय ९ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४ सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रकाशित मिति:July 21, 2020