पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता

  Sampatti News Online

August 18, 2023

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल बाहिर ६० केजी तस्करीको सुन प्रकरणमा पक्राउ परेका ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ती चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको जनाएको हो ।

उनीहरुसँग चिनियाँ पासपोर्टसँगै नेपाली नागरिकता भेटिएको सीआइबीले जनाएको छ । ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा करिब ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

सीआईबीका अनुसार टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई, गाउ हुई, झोङ सेक चिन र ताङ पिङ, लिन चुवान पक्राउ परेका छन् । चिनियाँ नागरिकका नाममा काभ्रे जिल्ला प्रशासनबाट नेपाली नागरिकता जारी भएको पाइएको अनुसन्धानमा संलग्न अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति:August 18, 2023