August 19, 2023
नेकपा(माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा अवरोध गरेर जनतामाथि अन्याय गरेको बताएका छन् । सिन्धुलीमा शनिवार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उप महासचिव शर्माले एमालेको अवरोधका कारण संसदमा जनताको समस्याहरु उठाउन नपाइएको बताए ।‘ आज बाढी पहिरोहरुले धनजनको क्षति गरी रहेको छ । जनताको आवश्यकता र समस्याहरुका बारेमा आवाज उठाउन पाइरहेका छैनौं’ उनले भने।
पूर्व अर्थमन्त्री समेत रहेका शर्माले सुन तस्करी प्रकरणलाई राजनीतिक एजेन्डा बनाएर अनुसन्धान प्रक्रिया बिथोल्न एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरेको आरोप लगाए । ‘प्रतिपक्ष दलले सुन तस्कारीको मुद्दालाई राजनीतिक एजेन्डा बनाएर संसद अवरोध गर्नु उचित होइन’ उनले भने ।
उनले सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले गरी रहेको छानबिनलाई बिचैमा राखेर अर्को छानबिन गराउँदा भएका प्रमाणहरु झन नष्ट हुन सक्ने बताए ।
उनले सिआईवीले गरेको अनुसन्धान प्रक्रियाबाट निस्कनेको प्रमाणहरुमा चित्त नबुझे वा थप छानबिन गर्नु परेमा आगामी दिनहरुमा अन्य छानबिन समितिहरु बनाउन सकिने बताए ।
संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रतिपक्ष दलका नेताहरु, गठबन्धन दलका नेताहरु, सभामुख लगायतका निकायहरुसँग बैठक, छलफल गरिरहेको उनले बताए ।
उनले सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका उपाध्यक्ष कृष्ण बहादुर महरालाई अनुसन्धान र छानविनमा दोषी देखिए कारवाहीको दायरामा ल्याउन पार्टीले नरोक्ने बताए ।
संसदमा विधेयक पेश र पारित गर्ने खेल भने रोचक देखिन्छ । सभामुखले बैठक शुरू भएको जानकारी गराउनसाथ एमाले सांसदहरू वेलमा पुग्छन र नाराबाजी शुरू गर्छन । सभामुख विद्रोही सांसदहरूलाई संविधान र कानून सम्झाउँछन् । तर, अवरोध जारी रहन्छ । अवरोधकै बीच सभामुखले संसद्को कार्यसूची अघि बढाउँछन् । मर्यादापालकको सुरक्षाका बीच मन्त्रीहरू रोस्टममा पुग्छन र संसदमा विधेयक प्रस्तुत गर्छन् । गत भदौयता यो क्रम निरन्तर छ ।
प्रकाशित मिति:August 19, 2023
November 25, 2024