रसुवाबाट २ किलो सुन सहित पक्राउ

Nepal Cover
३ भाद्र २०८०, आईतवार
image

सुवाको नाकाबाट दुई किलो सुनसहित दुईजना प्रहरीले  पक्राउ गरेको छ । रसुवा जिल्ला प्रहरी कार्यालयको टोलीले २ किलो सुन सहित दुईजनालाई पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक भोटेकोशी ५ बस्ने २१ वर्षे सुदिप शेर्पा र सोहि जिल्ला वडा नम्बर १ का ३० बर्षे फुर्साङवु शेर्पालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास बुढाथोकीले जानकारी दिए ।

हिजो वेलुका ६ बजेतिर पासाङ ल्हामु राजमार्ग स्याफ्रुबेशिबाट नियमित चेकचाजको क्रममा उनीहरुबाट २ किलो सुन सहित नियन्त्रणमा लिएको डीएसपी बुढाथोकीले बताए ।