१७ घण्टापछि सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडक

Nepal Cover
५ भाद्र २०८०, मंगलवार
image

काठमाडौँ । १७ घण्टा पछि मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । सडक विभाग भरतपुरका अनुसार सोमबार राति ८ बजे अवरुद्ध भएको सडक मङ्गलवार दिउसो सञ्चालनमा आएको हो ।

यस वर्षको सबैभन्दा ठूलो पहिरो आएर सडक बन्द भएपछि आज रातभर काम गरिएको थियो । यस सडक खण्डको नाम्सी पुल नजिक ठूलो पहिरो गएको हो ।