कपिलवस्तुको सामुदायिक वनमा मानव कंकाल फेला

Nepal Cover
८ भाद्र २०८०, शुक्रबार
image

कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला परेको छ। 

वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पलसमेत फेला परेको इलाका प्रहरी कार्यालय, कोपवाका प्रहरी नायब निरीक्षक प्रवीण कार्कीले जानकारी दिए।

उनले वनभित्र भेटिएको कंकालबारे अनुसन्धान भइरहेको बताए। वाणगंगा नगरपालिका-६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए।