राजेश हमालका भाईको निधन

  Sampatti News

July 22, 2020

काठमाडौँ । महानायक राजेश हमाललाई पारिवारिक शोक परेको छ।

हमालका एकमात्र भाइ राकेश हमालको उपचारको क्रममा नयाँ दिल्लीमा निधन भएको हो।

कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्‍याइएको थियो । त्यहाँको ह्याम्स अस्पतालमा उपचारका निधन भएको पारिवारिक स्रोतले बतायो। राकेशका श्रीमती र दुई छोराछोरी छन्।

राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौँमा एउटै घरमा बस्छन्। उनीहरूका तीन दिदीबहिनी छन् । राजेश र भाइको उमेरमा करिब डेढ वर्षको अन्तर छ। राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए । राजेश अहिले काठमाडौँमा नै छन्। राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ।

प्रकाशित मिति:July 22, 2020