चन्द्रपुरका मेयर काफ्ले भ्रष्टाचारले चुर्लुम्म

कार्यकारी तिवारी घरपायकको जागिर जोगाउदै

  Sampatti News

August 25, 2023

रौतहट जिल्ला साक्षरताको हिसाबले बढी जनमानस बसोबास गर्ने चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्ले बढी विवादमा तानिएका छ्न्। खासगरी जग्गाको कारोबार बाट उभिएका मेयर काफ्ले ले जग्गा प्लटिङ्बाट कमाएको रकम खर्चेर चुनाबमा होमिएर सफलता हातपारेका उनले जब मेयरले जिते त्यसपछि व्यावसायिक मेयरका रुपमा आफुलाइ स्थापित गराउँदै लगेको जानकारहरु बताउँछन् ।

चन्द्रपुर नगरपालिकका प्रशासकिय अधिकृत किरण निधि तिवारी

काफ्ले मेयर भएर आएपश्चात चारजना प्रमुख प्रशासकीय कार्यकारी अधिकृत हेरफेर गराउँदै आफू अनुकूलको काम गराउन सफल उनले हरेक काम बिना कमिसन कुनैपनी काम टुङ्याउन नसक्ने अवस्थामा पुगेको बताइएको छ। एकातिर पुर्व जग्गा ब्यबसायीको घेराउ त अर्कोतिर परिचालन गरेका ब्यक्तिको इसारा बेगर मेयर काफ्ले हलचल नहुने चन्द्रपुर नगरपालिका नियाल्नेहरुको तर्क छ। बिधि अनि थिति त चन्द्रपुरले छोडिसक्यो अब त कस्ले कति प्रतिसत सम्म दिन्छ त्यसैले काम पाउने त्यसैको बोली गोलि बन्ने गरेको बताइन्छ।

आबेगमा होइन संयम भएर जिम्मेवार र जवाफदेही बनौ । जन–जन को मन–मनमा एउटा भाव छ तर त्यो भाव यहाँ चल्दैन । आबेगमा रमाएर फुर्सदमा नपछुताउ चन्द्रपुर मेयरको व्यबहारले धेरै लाई झस्काएको छ। भ्रष्टाचारले बिस्फोटको रूपमा चन्द्रपुर नगरपालिकाका कर्मचारीले चन्द्रपुर–१० को उपभोक्ता समितिहरुबाट ४ लाख कमिशन लिएको विषयमा चन्द्रपुर नगरपालिकामा सरोकारवालाहरु र उपभोक्ता समिति कै पदाधिकारीले यस्ता बिषय छताछुल्ल बनाइदिएक थिए ।

गत आबमा गुनासो ब्यापक आएपछि मेयर काफ्ले बिरुद्ध ६ दलले ज्ञापनपत्र बुझाए तर यो ज्ञापनपत्र मेयरका निम्ति मनोरञ्जनको संगीत जस्तो बन्नपुगेको सेवा ग्राहीको गुनासो अब अख्तियारले बेलैमा निसाना बनाउनुपर्नेमा धेरैकाे जोड छ।

६–वटा राजनीतिक दलले चन्द्रपुर नगरपालिका भित्र इतिहासमा नभएको भ्रष्टाचार भएको भन्दै ज्ञापनपत्र पेश गर्दै असार मसान्त अगाडि नै सचेत गराएका थिए तर त्यो ज्ञापनपत्रलाई लत्याउँदै पत्रकार हरुको घर खर्च चलाइदिएको छु, भन्ने सहानुभूतिपूर्ण अभिव्यक्ति दिँदै असुली धन्दा नरोकेको काङ्ग्रेसी कार्यकर्ता कै आरोप मेयरले खेप्दै आए पनि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन। मेयर र केहिँ भ्रष्ट कर्मचारीकाे मिलोमतोमा र निष्टावान कर्मचारीले काम गर्नुपरेको बध्यतालाइ सन्चार क्षेत्रले सहजीकरण सहित जन–अपेक्षा अनुरुपको सुशासनको पक्षमा कलम चलाउनुपर्नेमा त्यसो हुन नसकेकाे सराेकारवालाकाे गुनासाे रहेकाे छ , यतिबेला रौतहटका ईमानदार कर्मचारी प्रशासन कुनबेला अख्तियारको फन्दामा परिएला भन्ने मानसिक तनाब बोकेर आगामी आर्थिक वर्षको कार्य योजनामा डटिरहेका छन् ।

रौतहटका संचारकर्मीलाई घर चलाइदिएको मेयर काफ्लेले किन बोले ?

चन्द्रपुर नपाका मेयर काफ्लेले जिल्लाका संचारकर्मीकाे घर चलाउन नपाले बजेटको जोहो गरेको एक कार्यक्रममा बताएका थिए। यस्तो अभिव्यक्ति दिएपछि बास्तबिकता के–हो ? सबैको ध्यानाकर्षण भएपनि सो बिषय हालसम्म रहस्य मै छ। यस्तो अभिव्यक्ति दिएर संचार क्षेत्रको सहानुभूति बटुल्न खोजेका उनको कर्तुत ढाकछोप हुन नसक्ने भन्दै एकहुल संचारकर्मीले बिरोध समेत जनाउनु परेकाे थियाे । जनप्रतिनिधिको यस्तो अपरिपक्व भनाइले धेरै स्वाभिमानि संचारकर्मीकाे शिर झुकेको अहिले पनि सबैतिर चर्चा हुने गरेको छ। संचार क्षेत्रसँग सम्बन्धित संस्थाले यो भनाइप्रति आफ्नो आफ्नो संस्थागत धारणा राख्न नसक्दा पदा –अधिकारी नै आ–आफ्नो एनजीओमा कार्यक्रम मागेर हिँड्दा चुराे कुरो बिषयान्तर हुनपुगेको आरोप खेपिरहेका छ्न् ।

मेयर काफ्लेले खोजे भरपर्दो कर्मचारी

मेयर काफ्लेले रकम संकलनका निम्ति परिचालन गराउने कर्मचारी खोजेका छ्न। मेयर काफ्लेले आफै डिलिङ गर्नुभन्दा आर्थिक शाखा हेर्ने कृतिराज सुवेदी आन्तरिक लेखापरीक्षक अधिकारी चन्द्र्पुर नपा मा आध्यन बिदाको दुई वर्ष पछि पुन आएकालाई अगाडि बढाएका छ्न ।उनी मेयर काफ्ले सगको दोस्ति र बिचारले पनि नजिक भएकाकारण रकम संकलन धन्धा मज्जाले चलाइरहेको बताइएको छ। उनले दर्जनौं सस्थाहरु आफन्तहरुको नाममा दर्ता गराएर पनि मेयरको चित्त बुझाइदिएका मात्रै छैनन। आफनो धन्धा धेरैले मेसो नपाउने गरि नै अगाडि बढाइरहेका समाचार श्रोत उल्लेख गर्दछ । प्राप्त जानकारी अनुसार धेरै कामहरू अदृश्य ढङ्गले आफैले गराउने पृष्ठभुमि बोकेका सुबेदि लाई अबका दिनमा अख्तियारले पाता कसे अनौठो लाग्ने छैन उनका कर्म नजीक बाट बुझ्ने परिचित स्वयं नै बताउँछन् ।

अध्यन बिदा अगाडि चन्द्रपुर बाट पचास लाखको हिसाब हिनामिना गरेपछि उहाँमाथी अख्तियारमा उजुरी परेको थियो। त्यो उजुरी छल्न उनी बिदा मिलाएर बिदेश हानिएको आरोप लागेको छ। समाचार श्रोतका अनुसार नगरपालिकाले नगरे पनि हुने चार्जिङ स्टेशनमा खर्चिएको रकम अनावश्यक भएको समेत बताइएको छ।प्रायजसो कतिपय स्थानमा अपारदर्शी ढङ्गले उपभोक्ता समिति बनाएको आरोप लाग्ने त उनका निम्ति सामान्य नै भएको छ। यस आर्थिक वर्षको सुरुवात मै निगरानी बढाउन नसके अरबको बजेट दुरुपयोग हुने चिन्ता सरोकारवालालाई छ। त्यस्तै प्रस्तुत बजेट कसरी हात पर्ने र कमाउने धुन अर्को पक्षको मिल्दै गरेको चाजोपाजो बिचमा परेका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी घरपायकको जागिर जोगाउने मनसायले काम गरिदिँदा मेयर काफ्लेले मुन्सी परिचालन गरेर कमाउन सफल भएका हुन नेपाली काङ्ग्रेस निकट एक नेताले सम्पत्ति न्युज लाई बताए ।

प्रकाशित मिति:August 25, 2023