नेप्सेमा २०.५४ अंकको गिरावट

Nepal Cover
१० भाद्र २०८०, आईतवार
image

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २०.५४ अंकले घटेर एक हजार ९ सय ९३ दशमलब ३८ विन्दुमा बन्द भएको हो ।    

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

  त्यस्तै, आज एक अर्ब २६ करोड २७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १९५ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

यस दिन एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ६ प्रतिशत बढेको छ। कारोबारमा आएको मकर जीतुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.६३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लिबर्टी इनर्जीको शेयरमूल्य ६.३० प्रतिशत घटेको छ।

आज मकर जितुमाया शुरी हाइड्रोपावर कम्पनी लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी एशियन लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड ४६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।