नेपाली सेनाका मेजर बेपत्ता

  Sampatti News Online

August 28, 2023

काठमाडौं । डोल्पा सदरमुकाम दुनैमा रहेको नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित आइतबार रातीदेखि सम्पर्कविहीन भएका छन् । गुल्मपति पण्डित सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरीको टोली खोजीका लागि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारीले भूमिश्वर पोख्रेलले पुष्टि गरेका हुन् ।

‘बडीगार्डलाई छाडेर एक्लै निस्किनुभएको र हिजोदेखि सम्पर्कमा नआएको खबरपछि खोजीमा टोली परिचालन गरेका छौं । डोल्पामा नेटवर्कको समस्या भएकाले खोजीमा जटिलता रहेको छ,’ प्रजिअ पोख्रेलले भने ।

 तीन वटै सुरक्षा निकाय सम्मिलित डीएसपीको नेतृत्वमा बेपत्ता मेजर खोजी थालिएको छ ।

प्रकाशित मिति:August 28, 2023