नप्सेमा सामान्य अंकको वृद्धि

  Sampatti News Online

August 28, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ५.०९ अंकले बढेर एक हजार ९ सय ९८ दशमलब ४८ विन्दुमा बन्द भएको हो ।             

परिसूचक बढेपनि आज एक अर्ब भन्दा कमको मात्र कारोबार भएको छ । आज ९८ करोड ८६ लाख २८ हजार रुपयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ११८ कम्पनीको शेयरमूल्य बढेको छ भने ९७ कम्पनीको शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८४८.३० रुपैयाँ पुगेको छ ।

आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ४.३८ प्रतिशतले घटेको छ । अघिल्लो कारोबारमा कमाएका यो कम्पनी लगानीकर्ताहरुले आज सर्वाधिक गुमाएका छन् ।    

कारोबारका आधारमा लक्ष्मी सनराईज बैंक शीर्ष स्थानमा छ। कम्पनीको ७ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस्तै सोल्टी होटलको ४ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

  

प्रकाशित मिति:August 28, 2023