July 23, 2020
काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट शुक्रबार थप १ जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो। गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो।
गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई एडभान्स अस्पतालमा भर्ना गरिएको थियो। शंकास्पद विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोरोना अस्पतालमा लगिएको थियो। उनको सोही दिन साँझ मृत्यु भयो।
उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।
प्रकाशित मिति:July 23, 2020
April 16, 2025
April 16, 2025