तीन सहसचिवको नाम एक सचिवका लागि सिफारिस

  Sampatti News Online

August 29, 2023

काठमाडौँ । बिशिष्ट श्रेणी अर्थात सचिवको एक रिक्त पदमा बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस भएको छ ।  लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिवहरू दिनेशकुमार घिमिरे, राधिका अर्याल र चूडामणि पौडेललाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

पहिलो नम्बरमा सिफारिसमा परेका घिमिरे हाल उनी चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रूपमा कार्यरत छन् भने अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा र पौडेल भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक छन् ।

सम्भवतः भोली बस्ने मन्त्रिपरिषद्को बैठकले तीन मध्ये एक जनालाई सचिवमा बढुवा सिफारिस गर्ने निर्णय गर्नेछ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा. गोपीकृष्ण खनालको अनिवार्य अवकाशसँगै रिक्त हुन आएको पदका लागि सिफारिस गरिएको हो ।

प्रकाशित मिति:August 29, 2023