अहिले पनि सरकारलाई बढी राजस्व बुझाउने कम्पनी एनसेल, यी हुन् टप १० कम्पनी

  Sampatti News

July 23, 2020

काठमाडौँ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी कर बुझाउने कम्पनीको रूपमा निजी क्षेत्रको मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो अधिपत्य कायम राखेको छ ।

एनसेलले विगतका वर्षहरुमा पनि सरकारलाई सबैभन्दा बढी आयकर बुझाउँदै आएको छ । चालु आर्थिक वर्षमा एनसेलले ३३ अर्ब ९४ करोड आयकर बुझाएको छ । गतवर्षको नाफाबाट ११ अर्ब ९५ करोड र एनसेलको खरिदबिक्रिबाट २२ अर्ब गरि सोही रकम बुझाएको हो ।

त्यसैगरि सरकारलाई बढी कर बुझाउनेमा दोस्रो नेपाल टेलिकम रहेको छ। सरकारी लगानीको टेलिकमले गत बर्षको नाफाबाट ८ अर्ब ७ करोड रुपैयाँ आयकर बुझाएको छ।

बढी कर बुझाउने कम्पनीको तेस्रो स्थान स्थापित गर्न नेपाल आयल निगम सफल रहेको छ। निगमले ५ अर्ब ४३ करोड रुपैयाँ राजस्व बुझाएको छ। त्यस्तै चौथोमा सूर्य नेपाल रहेको छ। कम्पनीले ५ अर्ब ३१ करोड कर बुझाएको छ ,पाँचौमा दुरसंचार प्राधिकरणले ३ अर्ब ८२ करोड बुझाएको छ।
छैटौँ नविल बैकले २ अर्ब १८ करोड रुपैयाँ आयकर बुझाएको छ। सातौमा कृषि विकास बैंकले २ अर्ब ५ करोड बुझाएको छ।

त्यसैगरि आठौँमा पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक रहेको छ। बैंकले २ अर्ब २ करोड रुपैयाँ आयकर बुझाएको छ।

नवौँ स्थानमा नेपाल बैंकले १ अर्ब ८६ करोड रुपैयाँ आयकर बुझाएको छ। बैंकको ५१ प्रतिशत लगानी सरकारी रहेको छ ।

त्यस्तै बढी आयकर बुझाउने कम्पनीको १० औ स्थानमा ग्लोबल आईएमई बैंकले १ अर्ब ८१ करोड रुपैयाँ बुझाएको छ ।

त्यसैगरी बिक्रिको आधारमा उपभोक्ताबाट उठेको मूल्य अभिवृद्धिकर (भ्याट) बढी बुझाउनेमा क्रमशः सूर्य नेपाल,एनसेल, गार्खा ब्रुअरी, आयत निगम, श्रीराम टोबाको,सिपद्री ट्रेडिङ, शिवम् सिमेन्ट , सिजी ब्रुअरी र १० औँ स्थानमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंक रहेको छ। यी कम्पनीले क्रमशः ३ अर्ब ८७ करोड, ३ अर्ब २१ करोड, १ अर्ब ९३ करोड, १ अर्ब ६५ करोड, ६१ करोड, ५९ करोड र १० औँ नम्बरमा रहेको वर्डलींकले ४७ करोड भ्याट बुझाएका छन्।

प्रकाशित मिति:July 23, 2020