माण्डु हाइड्रोपावरको आईपीओमा दाेश्राे दिन नै माग भन्दा साढे ४ गुणा बढी आवेदन

  Sampatti News Online

August 29, 2023

काठमाडाैं । माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ निष्काशन भएको दाेश्राे  दिन नै माग भन्दा साढे ४ गुणा बढी आवेदन परेका छन् । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)का अनुसार साेमबार सम्ममा कम्पनीको आईपीओमा ४.५७ गुणा आवेदन परेका हुन् ।

कम्पनीको प्राथमिक शेयरमा ४ लाख ९८ हजार ८०९ आवेदकले ५५ लाख १६ हजार ६४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन्। उक्त आवेदनबाट एक अर्ब १३ करोड ६४ लाख २७ हजार ८४० रुपैयाँ सङ्कलन भएको छ। कम्पनीले १२ लाख पाँच हजार ३२० कित्ताको लागि आवेदन आह्वान गरेको थियो।

कम्पनीले पहिलो चरणमा जारी पूँजीको २ प्रतिशत अर्थात २ करोड ७२ लाख ७३ हजार रुपैयाँ बराबरको २ लाख ७२ हजार ७३० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र सर्वसाधारणका लागि निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात १ करोड ३६ लाख ३६ हजार ४०० रुपैयाँ बराबरको १ लाख ३६ हजार ३६४ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुमा बिक्री नभएको ७९ हजार ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये कर्मचारीहरुका लागि २८ हजार ८५३ कित्ता र सामूहिक लगानी कोषका योजनाहरुका लागि ७२ हजार १३३ कित्ता शेयर बाँडफाँट गरिसकेको छ। सर्वसाधारण लगानीकर्ताले अब बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो।

कम्पनीले निष्काशन गरेको आईपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। सो आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २०६ रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति:August 29, 2023