सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट हुने

Nepal Cover
१२ भाद्र २०८०, मंगलवार
image

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आगामी शुक्रबार बाँडफाँट गरिने भएको छ ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालयमा सो आईपीओ बाँडफाँट हुनेछ।

इन्स्योरेन्सले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो।

बिक्री प्रबन्धकका अनुसार इन्स्योरेन्सको आईपीओमा मागभन्दा २.३२ गुणा बढी आवेदन परेको छ। माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँड गरिनेछ। उक्त कम्पनीको आईपीओका लागि १५ लाख ७७ हजार ७ सय ४४ जनाले ४ अर्ब २६ करोड १९ लाख १९ हजार ७ सय रुपियाँ १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका छन् । यस अनुसार ७ लाख ६८ हजार जनाले मात्र इन्स्योरेन्सको शेयर प्राप्त गर्न सक्नेछन्।