न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न श्रमिकको माग

  Sampatti News

August 29, 2023

काठमाडौं । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले सम्पूर्ण श्रमिकलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन माग गरेको छ । सरकारले गत साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतकम पारिश्रमिक १७ हजार तीन सय तोकेको थियो । नेपालमा श्रमिक आपूर्तिकर्तामार्फत् श्रमबजारमा झन्डै  छ लाख श्रमिक कार्यरत रहेका युनियनले जनाएको छ ।  सरकारले तोकेको न्यूनतकम पारिश्रमिक श्रमिक आपूर्तिकर्ता एवं मुख्य रोजगारदाताले कार्यान्वयन नगरेको भन्दै युनियनले असन्तुष्टि जनाएको हो । 

वृद्धि भएको पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गर्दै  युनियनका अध्यक्ष एवं सुरक्षा क्षेत्र युनियन परिषद् इन्चार्ज प्रेमबहादुर कार्कीले अन्यथा तोकिएको न्यूनतम पारिश्रमिक तथा सेवासुविधा दिलाउन सङ्घर्ष गरिने बताए । नेपाल उद्योग परिसङ्घले सरकारले तोकेको न्युनतकम पारिश्रमिक हालको अवस्थामा कार्यान्वयन गर्न नसक्ने भनी सार्वजनिक गरेको धारणाप्रति युनियनले आपत्ति जनाएको छ । 

प्रकाशित मिति:August 29, 2023