अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न सकिँदैन: नेपाल

  Sampatti News

August 29, 2023

बुटवल । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका केही अनुचित बुँदाले बाँकी रहे नेपाली जनतालाई जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्वीकार्नु हुँदैन । मंगलवार समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै पूर्वपूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न नसकिने बताए । एमसीसीलाई आइपीएससँग जोड्ने कुरा हामी स्वीकार्दैनौ,’ नेता नेपालले भने, ‘त्यो भनेको चीनलाई घेराउ गर्ने अरू देशलाई शत्रु घोषणा गर्ने योजना हो ।’ 

उनले नेपालका कुनै पनि देश शत्रु नभएको उनले स्पष्ट पारे । नेता नेपालले यहाँको संसद्ले व्याख्यात्मक टिप्पणीमार्फत् एमसीसी पास गरेको स्मरण गर्दै नेपाल कुनै पनि सैनिक गठबन्धनमा जान नसक्ने त्यसमा उल्लेख गरिएको बताए । 

‘एमसीसी यथावत् पास हुने अवस्थामा पुगेकाले संसद्बाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित गरेका हौँ । हामीले त्यसरी पास गरेको कुरालाई अमेरिकाले पनि अस्वीकार गरेको हो भन्ने विषय प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस्,’ उनले भने, ‘गठबन्धनलाई भन्नुस्, मोर्चालाई भन्नुस् ।’

नेपालको भूमिमा नेपाली जनताको अधिकार भएको र अरु कसैको हस्तक्षेप स्वीकार्न नसकिने पनि उनले स्पष्ट पारे । 

प्रकाशित मिति:August 29, 2023