July 23, 2020
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले आर्थिक वर्ष २०७६÷७७ मा रु ३४ करोड १७ लाख ७१ हजार ९ सय ८३ युनिट विद्युत् बिक्री गरी रु २ अर्ब २५ करोड २३ लाख ७७ हजार ५ सय २१ राजश्व सङ्कलन गरेको छ।
वितरण केन्द्रले गत आवमा कालोसूचीमा रहेका ग्राहकमध्ये ३७ ग्राहकलाई जरिवाना गरी रु १८ लाख ८१ ह्जार ६ सय ४८ उठाएको केन्द्र प्रमुख शम्भु कुसियत यादवले बताउनुभयो।
खम्बामा तार घुसाउने र मिटरबाट विद्युत् चुहावट गर्ने १ सय १० ग्राहकलाई कारवाही गरी रु २५ लाख ९० हजार जरिवानावापत उठाइएको सो कार्यालयले जनाएको छ।
सत्चालीस हजार ८ सय २९ उपभोक्ताले विद्युत् प्रयोग गर्दै आएकामा केन्द्र एक हजार २ सय २८ ग्राहकको लाइन काटी रु ५ करोड ३८ लाख बक्यौता उठाउन सफल भएको छ।
विद्युत् चुहावटलाई ४ दशमलव ५ प्रतिशतमा झार्ने वार्षिक लक्ष्य रहेकामा कार्यालयले कडाइ गरी अहिले वार्षिक विद्युत् चुहावट ३ दशमलव ८ प्रतिशतमा झारेको छ। केन्द्रले विद्युत् चुहावट रोक्न नियमित छड्के तथा अनुगमन थालेको छ।
प्रकाशित मिति:July 23, 2020
November 23, 2024